मृत फेला परेको बाघको शरीरभरी घाउ नै घाउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको ठोरी गाँउपालिका–३ वेदघारी चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सामुदायिक वनमा बुधबार पाटेबाघ मृत फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । “मृतावस्थामा फेला परेको बाघको शरीरभरि घाउ देखीएको छ । वयस्क बाघ एकआपसमा जुधेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए ।
उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिए ।
बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो । मृत बाघको बिहिवार परीक्षण गरिने निकुञ्जले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button