बुहारीको हत्या गरेर फरार भएका पंजियार जनकपुरबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेका जेठाजु जनकपुरबाट पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका–२१ घर भएकी ३८ वर्षीया रानी देवीलाई हत्या गरी फरार भएका जेठाजु श्रीप्रसाद पजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेल्वे स्टेसनको नजिकबाट बुधवार राति पक्राउ गरेको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । श्रीप्रसादले रिसिबीका कारण बुहारीमाथि धरिलो हतियार प्रहार गरेको बताईएको छ ।


बुधवार दिउँसो बडहरीस्थ्ति आपँको बगैचामा श्रीप्रसादले बुहारी रानीलाई धरिलो हतियार प्रयोग गरी घाईते बनाएका थिए । उनको टाउको, नाक र बायाँ हातको तीन वटा औँला काटेर श्रीप्रसाद फरार भएका थिए ।

यसैगरी घटनाको जानकारी प्रहरीलाई हुनासाथ अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि मोडेल अस्पताल लालगढमा पठाएको थियो । त्याहा उपचार सम्भव नभएपछी थप उपचार
क्रममा प्रादेशिक अस्पताल जनकपुर पटाईउको र त्याहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रानीको श्रीमान मिश्री पजियार वैदेशिक रोजगारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button