‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने एकजना पक्राउ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
आाफुलाई प्रहरी भन्दै वाकीटकी सेट देखाएर धम्क्याउने एक व्यक्तिलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ।
प्रहरीले रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन र निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका बताईएको छ । प्रहरीले उनको साथबाट एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ।
अनुसन्धानका क्रममा श्रेष्ठले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ।
उनलाई प्रहरीमाथी अभद्र व्यवहार गरेको कसुर अन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको बताईएको छ ।