जेठाजुको खुकुरी प्रहार बाट एक महिलाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा बुधबार दिउँसो जेठाजुको खुकुरी प्रहार बाट एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका वडा नम्बर ३ बडहरी घर भएका श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या गरेका हुन् । ३८ वर्षीया रानीजेठाजुको खुकुरी प्रहारबाट टाउको पछाडि चोट लागेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
‘रानीलाई जेठाजु श्रीप्रसादले नै खुकुरी प्रहार गरेको सूचना पाएपछी प्रहरी घटना स्थल पुगेको थियो । घट्नापछि मृतकका जेठाजु श्रीप्रसाद फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


मृतक रानीका पति वैदेशिक रोजगारीका क्रममा विदेशमा छन । रानीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button