वडा कार्यालयमा तोडफोड र चोरी



मेरो प्रदेश सम्वाददाता
बैतडी
बैतडीको मेलौली नगरपालिकाका ७ को कार्यालयमा मंगलबार राती चोरी र तोडफोड भएको छ ।
वडा कार्यालयको मूल ढोकाको ताल्चा तोडेर भित्र रहेको १ थान कम्प्युटर चोरी भएको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी सहायक निरीक्षक जयलाल ऐरले जानकारी दिए । अज्ञात समूहले वडा कार्यालयमा तोडफोड र चोरी गरेकोे हो ।


चोरले कार्यालयको कागजपत्र रहेका २ दराजको पनि ताल्चा फुटालेर क्षति र्पुयाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयमा तोडफोड र चोरी भएपछि कार्यालयको काम प्रभावित भएको वडा अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button