दुर्घटनाको आशंकामा जंगल पुगेको प्रहरी डढेलो निभाएर फर्कियो

मेरो प्रदेश सम्वाददाता
मकवानपुर
मकवानपुरको मकवानपुरगढी गाउँपालिका सुकौरा र बकैया गाउँपालिका १२ ठिङ्गनको सीमामा डढेलो लागेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा विमान दुर्घटना भएको हल्ला चलेपछी
ठूलो धुवाँको मुस्लो देखेर कुनै दुर्घटना भएको आशंकामा प्रहरी र सेनाको टोली ठिङ्गनको सीमामा पुगेको थियो। तर,मकवानपुरका एसपी मुकेश सिंहले प्रहरी टोलीले डढेलो निभाएर फर्केको बताए।
‘वनमा डढेलो लागेको रहेछ। त्यो गोठालाहरु हिँडने बाटो हो। अहिले आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने।