ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु, एक गम्भिर घाईते



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
ब्र्दिवास पुस ९
महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं १० लङ्गुर खोला घर भएका वर्ष २५ का सरोज तामाङ रहेका छन् । बर्दिबास काठमाण्डौं सडक खण्डको विपी राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुली तर्फ गइरहेको ग ६ प १७८९ नम्बरको स्पेण्डर मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका वडा नं ३ पाटू भन्ने ठाँउमा ठक्कर दिदा सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं १० लङ्गुर खोला घर भएका वर्ष २३ का कुमार खाती गम्भिर घाइते भएका छन् । घाइते खातीलाइ उपचारकोलागी काठमाण्डौं स्थिति ग्राण्डी अस्पताल लगिएको इलाकाप्रहरी कार्यलय बर्दिबासले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button