अत्यधिक चिसोका कारण रौतहटमा चारजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
रौतहट
चिसोका कारण रौतहटमा चार जनाको ज्यान गएको छ। पुस महिनाको शुरुवात भएदेखीसुरु भएको शीतलहर र चिसोेका कारण कठ्याँग्रिएर उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा


रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्मा रौतहटकै गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो ।

तत्मा र सहनी को गत आइतबार मृत्यु भएको छ भने पुस ३ मा बैठा माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा
ज्यान गएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिसो बढेका कारण रौतहटमा चारजनाको मृत्यु भएकोे बताएका छन्। तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ। जिल्ला अस्पताल रौतहटका डा. कृष्ण साहले पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन नसक्ने बताए यसका लागि काठमाडौ ंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने उनकोे भनाइ छ।

प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारालिन र न्यानो लुगा लगाएर बस्न सबैमा आग्रह गरेका छन्। विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न ६० परीवालाई नेपाली सेना, नेपाल प्रहरी तथा आरडिसी नेपालको पहलमा कम्बल वितरण, स्वास्थ्य परीक्षण लगायतको सेवा दिईएको छ ।
रौतहटका विभिन्न स्थानीय तहमा समितिले अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । रौतहट प्रहरीले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा न्यानोका लागी दाउरा वितरण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कबित कटुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button