पानीपुरी खाने बानी छ ? याे पढ्नुस् झन् खानुहुनेछ



पानीपुरी महोत्तरीको बर्दिबास लगाएत देशैभरको सम्पूर्ण स्थानमा पछिल्लो समय निकै खपत हुन थालेको छ । कतिपयलाई पानीपुरीको नाम सुन्ने वित्तिकै पनि मुखमा पानी आउँछ । स्वास्थ्यका लागि हानीकारक मानिंदै आएको पानीपुरी पछिल्लो पटकको अध्ययनले राम्रो मानेको छ ।


सँग बनाइएको पानीपुरीले स्वास्थ्यमा सकारात्म प्रभाव पार्ने विज्ञहरुको भनाइ रहेको छ , उनीहरुका अनुसार पानीपुरीले मोटोपना घटाउन सहयोग गर्ने,पेटको दुखाइ र एसिडिटीजस्तो समस्यालाई राहत मिल्ने बताएका छन् ।

यसमा प्रयोग हुने पानी सफा र राम्रो छ भने त्यसमा प्रयोग हुने पुदिना, हिंग, अमिलोजस्ता कुराले हाम्रो वजन कम गर्न सहयोग गर्छन् । यतिमात्र होइन, अनुहारमा निस्किएका काला दाग हटाउन यसमा प्रयोग हुने जिराले सहयोग गर्छ ।

तर, पानीपुरी खाँदा चाहिँ आँटाबाट बनेको मात्र खानु पर्ने सुझाव अध्ययनकर्ताले दिएका छन् । अर्को तर्फ पानीपुरी दिउँसो मात्र खानु उपयुक्त हुन्छ । सफा पानी र तेल प्रयोग नगरेको पानीपुरी खाँदा चाहिँ स्वास्थ्यमा समस्या देखिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button