हिउँदो तरकारी बजारमा आएपछि उपभोक्तालाई राहत



रितिक अधिकारी
बाराको बलैया जीतपुरसिमरा,पत्लैया,निजगढ लगायतका बजारमा हरियो तरकारीको मुल्य घटेको छ । विगत लामो समयदेखि बढ्दो अवस्थामा रहेको तरकारीको मुल्य अचानक घटेपछि स्थानिय सर्बसाधारण तथा गृहणीहरुले राहत महसुस गरेका छन ।
खेतबारीमा किसानले उत्पादन गरेको तरकारी सोझैँ बजारमा आउन थालेपछि तरकारीको मुल्य घटेको व्यापारीहरुले बताएका छन । पहिला बिचौलीया मार्फत तरकारी बजारमा आउने गरेको भएपनि अहिले किसानहरुले आफ्नो खेत तथा बारीमा उत्पादन गरेको ताजा तरकारी सोझैँ बजारमा ल्याउने गरेका छन । जसको कारण तरकारीको मुल्य घटेको छ ।
हरेब वर्ष पुष महिनामा किसानले उत्पादन गरेको हिउँदे तरकारी बजारमा आउने र तरकारीको मुल्य बजारमा सस्तो हुने गरेको छ । किसानले उत्पादन गरेको हिउँदे तरकारी बजारमा आएको कारण तरकारीको मुल्य घटेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताऐ ।
अहिले बजारमा केराउ ६०, गोलभेडा ४०,बन्दाकोभी ५०,काउली ४०,मुला १० र भाण्टा २० रुपैँया प्रति किलोका दरले विक्रिवितरण भई रहेको छ । गत महिनामा बजारमा काउली ८०,केराउ १ सय ७०,गोलभेडा २ सय ४० भाण्टा ५० र हरियो सागसब्जी प्रति मुठा २० रुपैँयाँमा विक्रि वितरण भएको थियो । जसका कारण उपभोक्ताहरु सास्ती खेपी रहेका थिए । तर अहिले बजारमा हिउँदो तरकारी आउपछि तरकारीको मुल्य घट्दा केही राहत महसुस भएको निजगढीकी गृहणी ईन्दीरा भण्डारी बताउछीन । यस वर्ष बारामा ६ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा किसानहरुले विभिन्न जातका हिउँदे तरकारीको खेती गरेका कृर्षि ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।
किसानले उत्पादन गरेको कृषिजन्य सामाग्रीले बजार पाएपनि त्यसको मुल्य समायोजन तथा मुल्यमा एक रुपमा ल्याउन आवश्यक रहेको बारा उद्योग बाणिज्य संघ शाखा निजगढका अध्यक्ष टेक बहादुर लामाले बताऐ । किसानले कृषि जन्य वस्तु उत्पादन गर्न मात्र ठुलो कुरा नभई त्यसको बजार व्यावस्थापन, मुल्य व्यावस्थापन, गुणस्तरीयता मापन आदी महत्वपुर्ण रहेको अध्यक्ष लामाको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button