मधेशका जिल्लाहरुमा केही बर्षयता घरेलु हिंसाका घटनामा बृद्घि



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
मधेशका जिल्लाहरुमा केही बर्षयता घरेलु हिंसाका घटनामा बृद्घि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही वर्षको तुलनामा मधेशमा नवअधिकार उल्लङ्घन तथा घरेलु हिंसाका घटनामा वृद्धि हुँदै गएको छ ।
घटना बढनुका कारण
पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुनुले घरेलु तथा मानवअधिकार उल्लङ्घनका घटना बाहिर आउन थालेकाले पनी घटनाको सहि बिवरणले घरेलु हिंसाका घटना बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनएको छ ।
मधेशमा बढदै गएको यौन दुव्र्यवहार, जबर्जस्ती करणी, धम्की तथा कुटपिट राज्य पक्षबाट हुने दमन ,शैक्षिक संस्थामा हुने कुटपिट, जातिय विभेद बहुविवाह,
लगायतका घटनाले पनी हिंसाका घटना बढेको इन्सेकको तथ्या¨मा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button