जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शवलाई


जलाउँदै गरेको अवस्थामा प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । श्रीमान् ,श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि प्रहरीको टोली घटना स्थल पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।शव पूर्णरुपमा नजलेकाले केही हाड फेला पारेको र मृतकका श्रीमान, सासू ससुरा सबै फरार रहेकोले घटनाबारे अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button