ट्रयाक्टरले किच्दा सहचालकको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका–१३ बरुवा बसपार्क नजिकको बरुवा खोला जाने बाटोमा शुक्रबार साँझ ट्रयाक्टरले किच्दा सहचालकको ज्यान गएको छ ।


ज्यान जानेमा त्रियुगा–६ जलजलेका अलि मियाँ रहेका छन । स १ त ६८०० नम्बरको ट्रयाक्टरले किच्दा मियाँको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले जानकारी दिए । मदन भण्डारी राजमार्गको २५ मिटरमुनि बरुवा खोला जानेबाटोमा ट्रयाक्टरबाट झरेका उनलाई चक्काले किचेको थियो । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरीरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button