नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको अन्तरक्रिया सम्पन्न



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादबले प्रदेश सरकार नेपाल होटल तथा पर्यटन व्यवसायिको लागि आवश्यक कानुन बनाउन तयार रहेको प्रतिवद्धता जनाएका छन । महोत्तरीको बर्दिवासमा शुक्रवार नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ नेपाल प्रदेश २ ले भ्रमण वर्ष २०२० को अवसरमा व्यवसायिक सुरक्षा र चुनौती बारेमा गरेको प्रदेशस्तरिय अन्र्तकृया कार्यक्रममा ब।ेल्दै उनले


व्यवसायिले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक निर्देशन र पहल गर्ने बताए । व्यवसायलाई सुरक्षित रुपमा सञ्चालनका लागि एक वर्ष्भित्र प्रहरीलाई प्रविधिमैत्री बनाउने र २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था सृजना गर्ने आश्वासन दिए । उनले प्रदेशमा दरबन्दी अनुसार तीन हजार सुरक्षाकर्मी अपुग रहेकोले पूर्ण सुरक्षित वातावरण बनाउन नसकिएको स्वीकार गर्दै अन्य प्रदेशको तुलनामा प्रदेश २ सबैभन्दा सुरक्षित रहेको ईन्सेकको प्रतिवेदनले जनाएको प्रष्ट पारे । मन्त्री यादबले भ्रमण वर्षलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै भ्रमण वर्ष सफल पार्न व्यवसायिलाई आह्वान समेत गरे । उनले भ्रमण वर्षलाई शुभारम्भका रुपमा एक दशकसम्म मनाउने गरि योजना बनाउन प्रदेश सरकार तयार रहेको समेत बताए ।
पर्यटकलाई भ्रमण वर्षमा छुट र सहुलियत दिन संघीय सरकारसंग पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा व्यवसायिले सुरक्षा निकायबाट अनाश्यक रुपमा दुःख पाईरहेको गुनासो राखेका छन । उनीहरुले चौतर्फी करको मारमा व्यवसायि रहेका बताएका छन । सरकारले होटल व्यवसायको प्रवद्र्धनका लागि व्यवसायमैत्री कानुन र व्यहार आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ नेपाल प्रदेश २ का सल्लाहकार युवराज लामाले व्यवसायिलाई निरुत्साहित गर्ने गरि प्रहरीले दुख दिने प्रवृती अन्त्य गर्नुपर्ने धारणा राख्दै होटलमा प्रहरीले विना पूर्जी छापा मागेर ग्राहकलाई पक्राउ गरी बेईज्यत गर्ने र रकम अशुलेर छाड्ने गरेको गम्भिर आरोप लगाए। प्रहरीले उमेर पुगेका युवा–युवतीले आपसी सहमतिमा आधारभूत आवश्यकताका रुपमा रहेको यौन सम्बन्ध राख्न पाउने अधिकारबाट बञ्चित गर्न नपाउने तर्क गरेका थिए । उनले जंगलमा असुरक्षित ढंगबाट यौन सम्बन्ध राख्दा हुने गरेको अपराध निरुत्साहित गर्न रेड लाईट एरियाको अवधारणाबारे बहस गर्नुपर्ने आवश्यक भईसकेको बताए । होटलमा अवैध यौनधन्दा गर्ने विरुद्ध व्यवसायि संघले पनि प्रशासनलाई सहयोग गर्ने बताए ।
सरकारले स्थानीय उत्पादनका रुपमा रहेका घरेलु मदिरालाई निरुत्साहित गरेर विदेशी मदिराको प्रवद्र्धन गर्ने काम गरेको भन्दै । उनले स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरेर प्रवद्र्धन गर्न सरकारले नीति बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ नेपाल प्रदेश २ का अध्यक्ष हिरालाल गौतमको अध्यक्षता भएको अन्र्तकृयामा ८ जिल्लाका एक सयबढी होटल व्यवसायि, सञ्चारकर्मी, जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधी लगायत सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button