चितवनको ओम शिव मिल एण्ड भेनियल उद्योगमा आगलागी



मेरो प्रदेश सम्वाददाता
चितवन
राप्ती नगरपालिका ६ पम्फा पुलनजिकै रहेको ओम शिव मिल एण्ड भेनियल उद्योगमा शुक्रवार दिउँसो आगलागी भएको छ ।
राम उप्रेतीले सञ्चालन गरेको प्लाइ उद्योगमा बिजुली सर्ट भई आगलागी भएकोे छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका थिए आगो निभाउन खैरहनी नगरपालिकाको २ वटा र भरतपुर महा नगरपालिकाका १ वटा दम्कलको प्रयासमा साँझ ५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी बाट भएको क्षतिको विवरण आउन बाँकी रहे पनि लाखौँको क्षति भएको स्थानीयको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button