सवारी ओभरटेकमा गयो एकको ज्यान, दुई घाइते



बिजय कुमार शाह ,पदम तामाङ
ढल्केवर
राजमार्गमा दिनहु जसो ओभरटेकको क्रममा सवारी दुर्घटना हुने गरेको छ । यसै क्रममा धनुषाको मिथिला नगरपालिका श्रीपुरमा बिहिबार साँझ ट्रकलाई ओभरटेक गर्ने क्रममा एक जनाको ज्यान गएको भने दुई जना घाइते भएका छन् .


प्राप्त जानकारी अनुसार पुर्वतर्फबाट आइरहेको ना. ५ ख ८२(६ नम्बरको ट्रकलाई ओभरकेट गर्ने क्रममा ना.६५ (२(२ प. र ज. ( प. ५८५( नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर लागेको थियो । ठक्कर लागेर घटनास्थलमा सख्त घाइते भएका २) बर्षिय दीप कुमार महतोको उपचारका लागि जनकप’र अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो . मृतक महतो मिथिला नगरपालिका वडा नं. ३ हरिहरप’रमा मामा घर बस्दै आएका थिए .

घटनामा घाइते भएको अन्य दुई जनाको ढल्केवरस्थित नीजि स्वास्थ्य केन्द्रमा उपचार भइरहेको ढल्केवर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामकुमार यादवले जानकारी दिए .

मृतक महतोको शवलाई परिक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने सवारीसाधनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button