न्यायाधीशका अंगरक्षक केवटको पेस्तोल लिएर भागेका प्रेमी पक्राउ



मेरो प्रदेश सम्वाददाता
जनकपुर
उच्च अदालत जनकपुर की न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक प्रहरी जवान रनिता केवट संग भएको पेस्तोल लिएर भागेका नवलपरासीको देउडा(६ घर भएका केवटका प्रेमी सिवेन्द्र यादव पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव लाई पेस्तोल र गोलीसहित जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादव प्रेमिका प्रहरी जवान केवटसँग जनकपुरधाम उपमहानगरपालिका(४ मा बस्दै आएका थिए । प्रहरी जवान केवटसँग विवाद भएपछि गोली लोडेड पेस्तोल लिएर यादव तीन दिनअगाडि भागेका थिए। पेस्तोल लिएर भागेपछि प्रहरी जवान केवटलाई जिल्ला प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान थालिएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button