घुससहित प्रहरी जवान पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । जवानले घरेलु मदिरा बिक्री वितरणमा समस्या नहुन र सहज वातावरण हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले उनलाई बाराको कलैया बाट
सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
जवान यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button