कालिकोटमा छोरी सुरक्षा कार्यक्रम शुभारम्भ



मेरो प्रदेश सम्वाददाता
कालीकोट
कालीकोटमा आयोजित छोरी सुरक्षा कार्यक्रम मङ्गलबार सञ्चालनमा ल्याइएको घोषणा गरिएको छ । छोरीको भुण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम सुरु गरिएको हो ।
यसबाट समाजमा छोराछोरी समान हुन् भन्ने सन्देश जाने छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले महिला हिंसा र जातीय विभेदको प्रमुख कारण आर्थिक विपन्नता भएको बताए । उनले ‘बैङ्क खाता छोरीको, सुरक्षा जिवनभरिको’ भन्ने पक्षलाई सफल बनाइने उल्लेख गर्दै मुख्यमन्त्री शाहीले महिला आर्थिक रूपमा कमजोर भएकाले पनी अन्यायमा पर्ने गरेको प्रस्ट पारे ।
शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले विशेष कार्यक्रम ल्याएको बताउदै कालीकोट मुलुकको सबैभन्दा गरिब जिल्ला भएकाले गरिब जिल्लाकी भाग्यमानी छोरी जानकी र जमुनाबाट यहाँ छोरीको उज्ज्वल भविष्य निर्माणका लागि छोरी सुरक्षा कार्यक्रमको आरम्भ गरेको प्रस्ट पारे । उनले विकासका साथै गरिबी अन्त्यका लागी प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने दाबी गरे ।
शाहीले चालू आर्थिक वर्षको साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत तिन करोड ८४ लाख रुपियाँ प्रदेशले स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न एक हजार र प्रतिमहिना पाँच सय रुपियाँका दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button