बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण जनजिवन कष्टकर बन्दै



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा दुई दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण जनजिवन प्रभावित बनेको छ । चिसोका कारण महोत्तरीको बर्दिवास लगायत मुख्य बजारहरुमा जनजीवन कष्टकर बन्दै गैरहेको छ ।
अत्याधिक जाडोका कारण महोत्तरीको सदरमुकाम जलेश्वर , रामगोपालपुर, गौशला लगायतका व्यापारीक ठाउँमा मानिसको चहलपहल घटेको छ । बजारमा चलपहल कम हुँदा कपडा पसलहरुमा भने न्यानो कपडा किन्न सर्वसाधारणको भीड बढेको छ ।
अत्यधिक चिसोका कारण खासगरी बालबालिका र वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । चिसोकै कारण जिल्ला अस्पताल जलेश्र र बर्दिवास अस्पतालमा दैनिकजसो रुघाखोकी, ज्वरो, हाडजोर्नी, निमोनिया ,कुलडाईरीया लगायतका बिरामी उपचारका लागि आउन थालेका बर्दिवास अस्पतालका प्रमुख डाक्टर बिधानचन्द्र झाले जानकारी दिए ।


चिसो बढेसँगै महोत्तरीमा चिसो छल्न ठाउँ ठाउँमा सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button