घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाडौं । सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी मंगलवार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनिहरुलाई त्रिपुरेश्वरस्थित कार्यालय परिसर बाटै पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button