वन अतिक्रमण गर्दा वन क्षेत्र उजाड बन्दै



मेरो प्रदेश सम्वाददाता
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा बनाईदै छ । केही वर्ष अघिसम्म सिसौले भरिएको बन क्षेत्रमा अहिले धमाधम घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसार लगायतका बाली र तरकारी खेती लगाईने गरिएको छ । फूलजोर बाबा साझेदारी वनको जग्गामा अतिक्रमणकारीले पक्की घरसमेत निर्माण गरी व्यापार व्यवसाय सञ्चालन गरीरहेका छन् । स्रोतका अनुसार उनीहरुले आपसमा घरायशी कागज बनाएर उक्त जग्गा खरिद बिक्री समेत गरिरहेका छन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिन्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरा लगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घरटहरा बनाएर खेतीपाती गर्दै आएका छन । वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरपछी त्यस गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ ।
केही वर्षअघि तत्कालीन जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन अतिक्रमण गरी बनाइएको संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरे पनी पछिल्लो समय अतिक्रमण क्षेत्र खाली गराउन कुनै चासो देखाएको छैन । बस्ती विस्तार हुँदै जाँदा वन झन अतिक्रमणमा पर्दै गएको छ । केहि बर्ष अघि केही घरमात्र निर्माण गरिएका भए पनी दिन प्रतिदिन बाक्लो बस्ती बस्दै गएको छ ।


डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवका अनुसार वनको जग्गा किनबेच गर्नु गैरकानुनी कार्य भएको र यस बारेमा तत्कालै आफू त्यहाँ गएर बुझ्ने बताए । उनले ‘सुकुम्बासीको नाममा हुकुम्बासीले वन अतिक्रमण गरेको सूचना हामीलाई आइरहेको छ, तत्कालै अन्य निकायसँग समन्वय गरी त्यस्तो गैरकानुनी कार्य रोक्ने छौ देवको भनाई छ । सर्लाहीमा पछिल्लो समय बन संरक्षण गर्ने निकायको रेखदेख कडाइका साथ नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ । वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त
गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button