प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा निधन



जनकपुरधाम
विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज, सोमवार विहान निधन भएको छ । पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएको थिए ।
स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँगे्रसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।


प्रजातान्त्रिक आन्दोलनका क्रममा ँ विसं २०१८ र २०४५ मा जेल परेका उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए । उनका ा दुई छोरा र दुई छोरी छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button