सोनमाको रघुनाथपुरमा रक्तदान कार्यक्रम सम्मपन

धर्मेन्द्र कुमार यादव
महोत्तरी
महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा आइतबार रेडक्रस महोत्तरीको उपशाखा र सोनमा गाउपालिकाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ।
नेपाल रेडक्रस सोसाइटी जलेशवर महोत्तरीको सहकार्यमा तथा राजदेवी पोलि किल्निक रघुनाथपुरमा आयोजना भएको रक्तदान आइतबार बिहान ८ बजे बाट सुरु भइ १२ बजे सम्म संचालन भएको थियो।
नेपाली सेना द्वारा संचालित बृहत् स्वास्थ्य शिविरमा बिरामीलाई शाल्यकृया गर्दा रगतको अभाव हुन नदिन यो रक्तदान कार्यक्रम संचलन गरिएको कुरा नेपाल रेडक्रस सोसाइटी उप शाखा सोनमा गाउपालिका का संयोजक अशोक कुमार यादवले बताए । सोनमा गाउपालिका वाडा नं ३ का वाडा अध्यक्ष पुलिन्द्र यादवको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमामा १५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने हरुमा सबै सोनमा गाउपालिका वाडा नं ३ का रहेको बताईएको छ । रक्तदान कार्यक्रम सोनमा गाउपालिकामा पहिलो पल्ट भएको हुनाले रक्तदान हेर्ने हरुको घुइचो लागेको थियो।