चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन



मेरो प्रदेश सम्वाददाता
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईका आईतवार राती निधन भएको छ । उनको मृत्यु१० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ ।


भट्टराईको स्वास्थ्यमा एकाएक समस्या भएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उनको पार्थिक शरीर सोमबार बिहान २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।
करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button