आय आर्जनले महिलाहरूको जिवनस्तर फेरिन थाले



मेरो प्रदेश सम्वाददाता
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं.९पशुपतिनगरमा सञ्चालित पशुपतिनगर उद्यम महिला सहकारी संस्था लिमिटेडको मंगलवार अनुगमन गरीएको छ । संस्थालाई हाल डेरी ब्यवसाय प्रबर्धनकालागी हेपर ईन्टरनेश्नल नेपालको सहकार्यमा जनजागरण युवा क्लब बाराले रु ४ लाख र बर्दिवास नगरपालिकाले २९ हजार आर्थिक सहयोग गरेपछी सहकारी संस्थाको कामकाजको प्रर्बधनको अनुगमन गरीएको हो । सहकारीका शेयर सदस्यहरुले सहकारी मार्फत दुध विक्री गरेर राम्रो आय आर्जन गर्न सफल भएका छन ।
संस्थामा आवद्ध ३ सय ६ जना शेयर सदस्यहरुले हाल सम्म २९ हजार १ सय ७२ लिटर दुध बिक्री गरेर १६ लाख ४ हजार ४ सय ६० रुपैया आम्दानी गरेका छन । यसै बर्षको जेष्ठ महिनादेखी सञ्चालनमा आएको यस सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दुध संस्थाले संकलन गरेर जनकपुर दुध बितरण आयोजना केन्द्र ढल्केवर मार्फत विक्री वितरण गर्ने गरेको छ । त्यस बहेक संस्थाले दही ,पनिर घिउ, मख्खन लगायत दुधबाट बनेका परिकार हरु समेत उत्पादन गरी बिक्रि गर्ने गरेको संस्थाकी ब्यवस्थापक गिता कुमारी बिकले जानकारी दिईन । उनका अनुसार सदस्यहरुलाई फलफूल, तरकारी उत्पादन तथा बिक्री बितरणमा केन्द्रीत गर्दै वचत र विमाको कार्यक्रम समेतसञ्चालन गरीएकोे छ । उत्पादनको क्षेत्रमा महोत्तरीकै नमुना बनेको यो सहकारीले उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा समेत सम्लग्न हुँदै आएको हुनाले
यहाँका दर्जनौं महिलाहरुलाई रोजगारी दिन सफल भएको छ । आय आर्जनले महिलाहरूको जीवनस्तर समेत फेरिन थाले पछी
सहकारीमा आवद्ध महिलाहरु वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा समेत सहयोग र्पुयाउदै आएका छन उनीहरुले सीप, नेतृत्व विकास, व्यावसायिक तथा उद्यमशीलता लगायतका तालिमहरूसमेत सञ्चालन गर्दै आएका छन ।
सहकारी स्थापना गर्दा महिलाहरू घरबाट निस्केर हिँड्ने वातावरण समेत नभएका महिलाहरुले नेतृत्व गर्न थालेपछी गाउँको मुहारनै फेरीएको संस्थाकी अध्यक्ष लक्षमी कुमारी आले को भनाई छ ।
संस्थाबाट ऋण लिएर महिलाहरू व्यावसायिक काममा लागेका छन । उनीहरुले कृषि, पशुपालन लगायत व्यावसायिक क्षेत्रमा समेत लगानी बढाएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button