महोत्तरीमा भएको उपनिर्वाचनमा १२ हजार ६ सय ६ मतदाताले मतदान गरे



मेरो प्रदेश सम्वाददाता
महोत्तरीमा सम्पन्न भएको उपनिर्वाचनमा एक पालिका अध्यक्ष सहित ३ वडाध्यक्षका लागि मतदान भएको छ । शनिवार बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजेसम्म भएको निर्वाचनमा १२ हजार ६ सय ६ मतदाताले मतदान गरेका छन । आज भएको उप निर्वाचनमा २९ मतदान केन्द्र रहेका थिए । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, बलवाको वडा २ र ८ का लागि वडाध्यक्ष र मटिहानिका एक वडाध्यक्षका लागि निर्वाचन भएको छ । उपनिर्वाचनको क्रममा उत्साही भएर मतदाताहरुले मतदान गरेका छन । मतदान केन्द्रमा एक जना निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृतको साथै ५ जना कर्मचारी र ४ जनाको दरले स्वयंसेवक परिचालन गरिएको थियो । महोत्तरीमा सम्पन्न निर्वाचनकालागी २२ हजार ९ सय २० मतदाता रहेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button