गाेरू गाँडामा चढेर मतदान गर्न पुगें मतदाता



मेरो प्रदेश सम्वाददाता
बर्दिवास मंसिर १४
महोत्तरीको बलवा नगरपालिकामा जोश जाँगरका साथ उत्साहपूर्वक मतदान भैरहेको छ । बलवा नगरपालिका वडा नं. २ मा मतदान बिहान ७ः०० बजे देखि सुरू भएकाे छ ।


बलवा नगरपालिकामा रहेको श्री जनता राष्टि्य प्राथमिक विद्यालय धमौरा, बनौटामा राखिएको मतदान केन्द्रमा सोही नगरपालिका २ सरहन्चिया गाउँका केहि स्थानीयहरु गोरु गाँडामा चढेर मतदान केन्द्र पुगेर मत खसाली रहेका छन ।
जिल्ला प्रशासन कार्यालयले मतदानको दिन सर्वसाधारणलाई सवारी साधन बिना स्वीकृति चलाउन रोक लगाए पछि स्थानीय गाेरू गाँडामा चडेर मतदान स्थलमा पुगेका हुन् ।
२०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिको विभिन्न कारणले रिक्त रहेकाे पदस्थापनकाेलागी शनिबार देशभरकाे ५२ स्थानमा उपचुनाव भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button