बर्दिवासमा युुवकको बेवारीसे शव फेला

मेरो प्रदेश सम्वाददाता
महोत्तरीमा सोमवार बिहान एक बेवारीसे युवक मृत फेला परेका छन नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिन अन्दाजी ३० बर्षको जस्तो देखिने युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन ।
आइतबार साँझ मन्दिर परिसरको धर्र्मशालामा बास बस्न पुगेका उनी सोमबार बिहानै मृत भेटिएका हुन । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलित गर्न गएका भक्तजन भजनकिर्तन गर्दै नाची रहेका बेला अपरिचित मानिस नजिकै बालिएको आगो तापी रहेका प्रत्यक्षदर्शीको भनाइ छ । आगो ताप्ने क्रममा उनी नजिकै ढलेका थिए बेवारिसे मानिसले मृत्यु हुनपूर्व वान्ता गरेका देखिएको बर्दिवास प्रहरीले जनाएको छ । शवलाई पोस्ट
र्माटमकालागी प्रादेशिक अस्पताल जनकपुर लैजाने तयारी भैरहेको बताईएको छ ।