दादुराको महामारीबाट कङ्गोमा पाँच हजार मानिसको मृत्यु



एजेन्सी, देशको सबै प्रान्तमा फैलिएको महामारीबाट यो बर्षमा मात्रै कङ्गोमा करिब पाँच हजार मानिसको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको बताईएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ । १५ महिनाको अवधिमा इबोलाले भन्दा दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएकोे छ । विश्वस्वास्थ्य संगठनले दादुराकै कारण विश्वभर वर्षेनी एक लाख १० हजार मानिसको मृत्यु हुने अनुमान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button