महोत्तरी सहित देशभर मतदाता शिक्षा कार्यक्रम सुरु



प्रदेश सम्वाददाता
आउँदो मंसिर १४ गते हुने उप निर्वाचनका लागि बिहिवारदेखि महोत्तरी सहित देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
उप निर्वाचन हुने ठाउँका हरेक वडामा दुई जनाका दरले मतदाता शिक्षाका लागी कार्यकर्ता खटाइएको छ । कार्यर्कताहरु आजदेखि मतदाता शिक्षा सम्वन्धी सामाग्रीसहित मतदाताको घरदैलोमै पुग्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा उप निर्वाचन हुन लागेको पिपरा गाउँपालिका लगायत ४वटा उप निर्वाचन क्षेत्र रहेका छन । प्रतेक निर्वाचन क्षेत्रमा दुई जना मतदाता शिक्षा कार्यकर्ता खटिएको छ । उनीहरुले मतदान केन्द्रमा, मतदान गर्ने तरिका, मत पत्र सदर र बदर हुने अवस्था बारे जानकारी दिने जिल्ला निर्वाचन कार्यालय महोत्तरी का निर्वाचन अधिकृत पुष्पा झा ले जनकारी दिईन ।
मतदाता शिक्षा कार्यक्रम मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ । उपनिर्वाचन आउन आजको दिन देखी नौ दिन मात्रै बाँकी रहेकाले ४ ओटै मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको छ । महोत्तरीको ४ वटै निर्वाचन केन्द्रमा ४६ जनाको उमेदवारी परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button