करणि प्रयास गरेको भन्दै दुईजना युवालाई गाउँलेले समाएर पै्रहरीलाई बुझाए



सिरहाको मिर्चैया नपा रामपुरविर्ताका र्दुइ युवालाई गाउँकै एक युवतीलाई करणी प्रयास गरेको अभियोगमा पक्राउ गरी प्रहरीलाई बुझाएको छ । शनिवार वेलुका ५ बजेतिर शौचगर्न बारीतिर गएको युवतीलाई हातपात गर्दै जवरजस्ती करणीको प्रयास गरेको भन्दै स्थानीयले २२ वर्षिय श्याम कापर र दर्विलाल ठाकुरलाई पक्राउ गरी प्रहरीमा बुझाउको हो ।
बेलुकीपख वारीमा युवती रोईकराई गरेको सुनेपछि स्थानीयले भागदैगरेका दुवैयुवालाई पक्राउ गरेको वडा अध्यक्ष धनिकलाल यादवले जानकारी दिए । उनका अनुसार युवती रोईकराई गरको सुनेर गाउँलेहरु दगुर्दै जाँदा दुवैलाई फेला पारेका थिए । उनीहरुलाई देखेपछि स्थानीयले कुटपिट गरेपछि प्रहरीलाई खवर गरी जिम्मा लाएको वडा अध्यक्ष यादवले बताए ।
यता इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सुखदेव खनालले दुईजना नियन्त्रणमा लिएको जनाएको छ । स्थानीयले जवरजस्ती करणी प्रयास गरेको भनेपनि प्रहरीले युवतीसँग बुझ्दा समेत त्यस्तो केही नभएको बयान दिएको जनाए । उनलेभने, ‘जुन आरो युवकहरुमाथि लागेको छ, सम्वन्धित युवतिसँगै हामिले बयानलिंदा उनले घटना अस्वीकार गरे, कुटपीटको घटना हो भन्ने आएको छ ।’
उनले हाम्रो तर्फबाट पनि अनुसन्धान भईरहेको भएपनि सम्वन्धित पक्षकले अझै उजुरी नदिएको पनि बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button