दुर्घटनामा तिनकोे मृत्यु



प्रदेश सम्वाददाता
पलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा
स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुत्यु हुनेमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौं कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेकी छन । राउत


काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटरको पछाडी चढी जाँदैगर्दा खाल्डो छलाउने क्रममा स्कुटर अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो। दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका थिए । घाईते दुबैजनालाई

धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं लगिएको थियो नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ बजेतिर
अनुपमाकुमारी राउत मृत्यु भएको े प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औंला र बाँया खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ।

नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउँदले बताए।

मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी र्पुयाइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो। मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button