गोली सहित हतियार फेला



प्रदेश सम्वाददाता
दाङ प्रहरीले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुका गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित अत्याधुनिक हतियार फेला पारेको हो ।


गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको एसएमजी राइफल पाँच थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको दाङ प्रहरीले बताएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button