पुल तरे बापत अव शुल्क तिर्नु नपर्ने

प्रदेश सम्वाददाता
झापाको गौरीगंज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलामा हालिएको बाँसको अस्थायी भाटे पुल तरे वापत अव सर्वसाधारणलाई शुल्क नलाग्र्ने भएको छ ।
पुल बने पनि संचालनमा आउँन नसक्दा लामो समयदेखि स्थानीयले आफै हालेको बाँसको अस्थायी भाटेपुलबाट सर्वसाधारणहरु आवतजावत गर्दै आएका छन । आवत जावत गरे वापत सर्वसाधारणले शुल्क तिर्दै आए पनी पुलको शुल्क विवादमा दुवै पक्षका ठेकेदारको विवाद वढे पछि झापा गौरीगंज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाका नगरप्रमुख सहितको टोलीबीच सहमति बनेपछि सो पुल तरेवापत् सर्वसाधारणले शुल्क तिर्नु नपर्ने भएको छ ।