आलम नख्खु कारागामा ,कुराकानी सबैै रेकड हुने



प्रदेश सम्वाददाता
कात्तिक ३०
रौतहटबाट शनिवार राति अबेर ललितपुरमा रहेको नख्खु कारागारमा लगिएका मोहम्मद हफताब आलमले गर्र्ने कुराकानी सबै रेकर्ड हुने भएको छ । आलमले गर्ने आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंगको संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको बताईएको छ ।आलमलाई आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक अरुसंग भेटघाट गर्न दिइएको छैन ।
आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको छ । आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था मिलाईएकोे छ । प्रहरीले सुरक्षाको दृष्टिकोणले भन्दै आलमलाई रौतहट जिल्ला कारागारमा नराखी थुनाका लागि नख्खु पु¥याएको हो ।
१२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
नेपाल– भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button