बर्दिवास नगरपालिकाले नगरबासीलाइ नगरपालिका स्वच्छ, सफा र हराभरा बनाउन आग्रह



प्रदेश संबाददाता
बर्दिवास कार्तिक ३०,,


बर्दिबास नगरपालिकाले नगरबासीलाइ नगरपालिका स्वच्छ, सफा र हराभरा बनाउन आग्रह गरेको छ । शनिबार महोत्तरीको बर्दिबासमा नगरपालिकाको कार्यलयमा भएको पत्रकार सम्मेलनमा नगरप्रमुख विदुर कुमार कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै सोे अपिल गरेका हुन् ।
विज्ञप्तीमा हानिकारक पराग गुट्खाजन्य पदार्थ लगाएत कालो प्लाष्टिक झोला उत्पाद , बिक्री तथा प्रयोग निशेषकालागी ३५ दिने सुचना जारी गरेको जानकारी गराइएको छ ।
नगरपालिका भित्रका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खन्न् र बिक्री गर्न ठेक्का प्रक्रियामा जाने, नगर प्रहरी भर्ना कालागी प्रक्रिया अगाडी बढाउने साथै बर्दिबास नगरपालिकाको निर्माणाधिन मोडेल एग्रो भिलेज भित्र अत्याधुनिक फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने लगाएतको विषयहरु समेत उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सिजी इनर्जी इन्फ्रास्ट्रक्चर प्रा.लि बाट माग भएको सोलार प्लान्टको लागी वडा नं ६ र ७ मा पर्ने गोविन्द साहको घरबाट पश्चिम रातुखोलाको नदि उकास भएको जग्गा देखि उत्तर चौलिखा मा.वि सडक सम्मको र रामान्नद चोक देखि उत्तर नेपाली सेनाको पृतनाको पेरिमेटिर सम्म वडा नं ८ मा पर्ने जग्गा व्यवस्थापन गर्ने कुरा प्रेस विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा माछा पालन गर्न मोडेल एग्रो भिलेज भित्रको माछापोखरी निर्माण स्थबाट नदिजन्य उत्ख
न्न् गर्न क्ष्भ्भ्रभ्क्ष्ब् गरी ठेक्का प्रक्रियामा जाने उल्लेख गरेको छ ।
त्यस्तैगरी वडा नं १४ स्थित पुरानो हाट बजार व्यवस्थापनकोलागी डिपिहआर –मास्टर पलान निर्माण गर्ने, स्थानीय राजपत्रको पहिलो पृष्ठको पृष्ठभूमीमा बर्दिबास नगरपालिकको नक्सा रहने गरी संसोधन गर्ने साथै नगरपालिकमा निवेदन दर्ता भएका “घ” वर्गका निर्माण व्यवसायीहरुको नवीकरण तथा ठाँउसारी गर्ने तथा बर्दिबास अस्पतालको नवनिर्मित भवन र मेयर आवास गृहको गेट तथा परिसर वरिपरी पर्खाल निर्माण गर्ने नगरपालिकाले सडक निर्माण गर्दा हरियाली सडकमा जोड गर्ने र नगरपालिकाको ःत्ःए गर्ने लगाएतका विषयहरु प्रेस विज्ञप्ती मार्फत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button