तरुण दल नेता शाहलाई ५ बर्षको जेल सजाय मागसहित मुद्दा



प्रदेश सम्वाददाता कार्तिक २९
कोहलपुर प्रहरीले हतियारसहित कोहलपुर बाट पक्राउ गरेका नेपाल तरुण दलका सभापति सन्दिपजंग शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा ५ बर्ष जेल सजाय सहितको मुद्दा जिल्ला अदालत। कोहलपुरमा शुक्रबार दर्ता गरेको छ ।


जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले प्रहरीको राय सहितको प्रतिवेदन अदालतमा बुझाएपछि सरकारी वकिलको कार्यालयले अध्ययन गरेर उक्त माग गरेको हो । सोही विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गरेको थियो ।

१४ कात्तिकमा पक्राउ परेका शाहसहित चार जनालाई मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button