नक्कली सुनसहित दुई जना पक्राउ



प्रदेश सम्वाददाता कार्तिक २९
मकवानपुर प्रहरीले नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका–३ बस्ने ४७ वर्षीय ध्यालसिंह शेर्पा र सोहि मोटरसाइकलमा पछाीड बस्ने मकवानपुर राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अभय कुमार थिङ्ग रहेका छन् ।


भैसेबाट हेटौडातर्फ आइरहेको मोटरसाइकल रोकी प्रहरीले चेकजाच गर्दा उनिहरुको साथबाट नक्कली सुन फेला पारेको हो ।
प्रहरीले यस अघि हेटौडाका विभिन्न स्थानहरुमा नक्कली सुन देखाइ ठगी गर्ने घटनामा नक्कली सुन र मोटरसाइकल सहित बिभिन्न ब्यक्ति पक्राउ परेको र सो ब्यक्तिहरुको बिषयमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button