बैक ठगी गर्ने प्रहरी पक्राउ



प्रदेश सम्वाददाता कार्तिक २९
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा काम गर्ने प्रहरी जवान राजेश द्विवेदी बैक ठगी कार्यमा कारवाहीमा परेका छन् । उनिमाथी राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाबाट चेक भन्दा बढी रकम निकालेर ठगी गरेको अभियोग लागेको छ ।
बिहीबार दिउँसो आफ्नै नामको दुई थान चेक लिएर बैंक पुगेका द्विवेदीे बैंकको माथिल्लो तल्लामा पुगेर चेक सदर गराई तल काउण्टरमा पैसा लिन गएको समयमा तीन हजार रुपैयाँको चेकलाई तीस हजार रुपैयाँ र चार हजार रुपैयाँको चेकलाई चालिस हजार बनाएर बैंकबाट ७० हजार ठगि गरी बाहिरीएका थिए ।


बैंकका कर्मचारीले बेलुका पैसाको हिसाव गर्दा हिसाव नमिलेपछि चेकहरु जाँचबुझ गर्दा द्विवेदीको चेकमा केरमेट गरिएको पाइएको थियो चेकमा केरमेट गरिएको पाईए पछी बैंकले तत्कालै महोत्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई फोन गरेर जानकारी गराएपछि द्विवेदीेमाथी तत्कालै अनुसन्धान थालिएको थियो ।

छानबिन पछी उनलाई तत्कालै कारवाही गरिएको र थप अनुसन्धान गरी निलम्बन गरीने महोत्तरी प्रहरीले जनाएको छ । द्विवेदी बिगत तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button