प्रहरीको गाडीमाथि ढुंगामुढा र तोतफोड गर्ने पक्राउ



प्रदेश संबाददाता
कार्तिक २, बर्दिवास
रौतहटमा प्रहरीको गाडीमाथि ढुंगामुढा र तोतफोड गर्ने ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का सुवोध कुमार सहनी, सोही ठाँउका बर्ष ३० का रन्जित सहनी, बर्ष ३० का विरेन्द्र सहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ का मुना खाँ र बर्ष १८ का सकिन्द्र यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
उनिहरुले गौरबाट थुनुवा पुर्याएर फर्किरहेको ना १ झ १३३१ नम्बरको प्रहरीको गाडीमा शुक्रबार साँझ कटहरिया ६ फतेपुरमा ढुंगामुढा तथा तोडफोड गरेको प्रहरीको आरोप छ ।
फतेपुर गाँउ छेउमा दर्जनौ मानिसको भिडले प्रहरीको गाडीमा ढुंगामुढा गर्दा गाडीको सिसा फुट्नुको साथै केही प्रहरीलाई चोटपटक समेत लागेको छ ।
शुक्रवार अपरान्ह कटहरिया माविको प्राङ्गणमा भएको मेयरकप क्रिकेट खेलकोे फाइनलमा ब्याटिङ गरिरहेका कटहरिया टिमका ब्याटस्मेन संजिव सिंहलाई एम्पाएरले आउट नभएको भन्दा पनि फतेपुरका खेलाडीले जबरजस्ती आउट भएको भन्न थालेपछि दुबैगाँउका खेलाडी र स्थानीयबीच झडप भएको थियो ।
झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कटहरीयाबाट गएको प्रहरी गस्ती टोलीले लाठीचार्ज गरेको आरोपमा आक्रोशित फतेपुरमा स्थानीय खेलाडी र युवाले प्रहरीको गाडीमा ढुंगामुढा गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button