चाँड पर्वलाई लक्षित गरी बर्दिवासमा बजार अनुगमन सुरु गरीयो



निकेश खनाल
बर्दिवास असोज १२


नेपालीहरुको चाँड पर्व शुरु भए संगै त्यसलाई लक्षित गरी बर्दिवास नगरपालिकाले आइतवार देखी बजार अनुगमन शुरु गरेको छ । सो क्रममा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाईएको छ ।
नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उप मेयर कृष्णमाया गौतमलेनं ३ का वडाध्यक्ष राजकृष्ण अनुगमनका क्रममा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको पाईएको बताईन
उनले बजारका अधिकांश पसलहरुवाट म्याद नाघेको सामान भेटिएकाले त्यस्ता अखाद्य पदार्थ नष्ट गरिने, मिति नभएको अखाद्य बस्तु बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, कडा निर्देशन दिईएकी छन ।अनुगमनकै क्रममा उप मेयरले बजारमा बिक्रि भैरहेको सामानमा लेबल नभएको, म्याद नाघेको भेटिएकाले त्यस्ता सामानहरु समेत नष्ट गरीने बताईन ।
बजारका पसलहरुमा मूल्यसूची नराखेको पाइएपछि तत्काल राख्न उनले कडा निर्देशन दिईएकी छिन । अनुगमनमा बर्दिवास नगरपालिकाकी उप प्रमुख कृष्णमाया गौतम, खाद्य तथा गुण नियन्त्रन कार्यालय महोत्तरीका प्रमुख नविन देउजा, उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद गौतम, राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button