खाल्टोमा डुबेर बालकको मृत्यु



निकेश खनाल
बर्दिवास असोज ८
महोत्तरीमा बुधवार दिउसो पानी जमेको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ९ घर भएका ईनरजित यादबका ३ बर्षिय छोरा सर्बेश यादब रहेका छन । यादब बुधवार दिउसो आफ्नो घर नजिकै पुर्व पट्टीको खेतमा खेल्न गएका थिए खेतमा खेल्ने क्रममा नजिकैको खाल्टोमा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button