होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेशको अधिवेशन हुने क्रममा बर्दिवास बजारको सरसफाई गरीयो



महोत्तरी : होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ को अधिवेशन भदौ २१ गते शनिवार महोत्तरीको बर्दिवासमा हुने भएको छ । करिब १ सय ५० जना प्रतिनिधि तथा परिवेक्षक सहभागी हुने यस अधिवेशका लागि महासंघले बर्दिवास नगरपालिकाको सहकार्यमा शुक्रवार बिहान बर्दिवासे बजार क्षेत्रको सर सफाई गरेको छ ।


नगरलाई प्रदेशकै सफा सुन्दर र पर्यटकीय स्थलको रुपमा चिनाउन सरसफाई गरीएको आयोजक संस्थाका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए । सर सफाईमा बर्दिवास नगरपालिका, ससस्त्र प्रहरी बल, नेपाली सेना, राजनितीक दल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button