बर्दिवास प्रहरीले गर्याे अवैध घरेलु मदिरा नष्ट



निकेश खनाल
बर्दिवास भदौ १४


बर्दिवास प्रहरीले नजिकिदै गरेको चाँड पर्वलाई लछीतगरी सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत महोत्तरीको बर्दिवास नगरपालिका भित्रको विभिन्न स्थानमा छापामारी मदिरा नियन्त्रणमा लिने काम गरीरहेको छ ।
प्रहरीले शुक्रवार मात्र नगर छेत्र भित्रको विभिन्न स्थानबाट बरामद गरेको १ हजार लिटर घरेलु मदिरा शनिवार नष्ट गरेको हो ।
अबैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरी चाड पर्वमा हुन सक्ने आपराधिक घटना नियन्त्रण गर्ने उदेश्यले अभियान सञ्चालन गरेको र यो अभियान निरन्तर चलिरहने बर्दिवास प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button