महोत्तरीको गौशलामा पोखरीमा डुबेर बालकको मृत्यु



निकेश खनाल
बर्दिवास भदौ १४
महोत्तरीको गौशलामा शनिवार पोखरीमा डुबेर एब बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका १ घर भएका दिल बहादुर जर्घाका ३ बर्षिय छोरा कालु भनिने सुजन जर्घा रहेका छन ।
बालक घर नजिकैको पोखरीको छेउमा खेल्न गएका थिए खेल्ने क्रममा नुहाउन पसेका उनी पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए ।
उनलाई उपचारकालागी बर्दिवासमा रहेको शुभ स्वस्तिक अस्पताल लगीएको थियो अस्पताल पुर्याउँदा त्याहाका चिकित्सकले उनलाई मृत घोषण गरेको बर्दिवास प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पास्टमार्टमको लागी जनकपुर अञचल अस्पताल लगीएको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button