लहानका मोडल ब्रहम यादवको म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदै



ढल्केवर (धनुषा)
सिरहाको लहानबाट पहिलो पटक नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । मिथिलाञ्चलको चिपरिचित युवा कवि धिरेन्द्र पासवान सौर्यको निर्देशनमा छाँयाकन गरिएको भिडियोमा लहानकै मोडेल ब्रहम यादव र मिना कार्कीको नृत्य रहेको छ ।


नेपाली भाषाका प्रसिद्ध गायक प्रसना शाक्य र दिपक बरालीले सुरिलो स्वरमा गाएको ‘एकै छिन तिम्रो हुन्छु’ भन्ने बोलको गीतमा बिगत १४ वर्ष देखि कलाकारिता क्षेत्रमा लागेका युवा मोडेल यादवले बेजोडको नृत्य गरेका छन् ।

गीतमा प्रसना बरालीले सुमधुर स्वर दिएका छन भन्ने गोविन्द तामाङले गीत लिखेको छ । यस्तै दिपक बरालीले संगीत दिएको छ । मिक्स एक्ससोसटिक स्टुडियोमा रेकर्ड गरिएकोे यो गीत चाँडै नै दर्शक माझ ल्याउन जानकारीे निर्देशक धिरेन्द्र पासवान सौर्यले दिए । साथै यो गीतको भिडियोलाई प्रमोद यादव र ललित यादवले इडिटिङ्ग गरेका छन भने क्यामरामा गुरु दयालले सघाएको छ ।

नेपलको विभिन्न ठाउँमा उक्त भिडियोको सुटिङ्ग लिदा करिब महिनासम्म समय लागेको थियो। म्यूजिक भिडियोको निर्देशक धिरेन्द्र पासवान सौर्यको टिमले धेरै नै मिहिनेत गरेका छन । म्युजिक भिडियो सार्वजनि भएपछि दर्शकको मनमस्तिष्कमा छाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button