रंगशाला बनाउने खर्च जुटाउन धुर्मुसले ठेला पसल खोले,



मेरो प्रदेश सम्वाददाता
चितवन
रंगशाला बनाउन जनस्तरबाट पनि पैसा संकलन भइराखेको बेला धुर्मुस(सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ । आइतबार सुरूगरीएको ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने धुर्मुस सुन्तली फाउँन्डेसनका अध्यक्षय सिताराम कटेलको भनाइ छ । ‘अहिले एउटा ठेला छ । फलफूल र पानी राखेका छौं,’ धर्मुसले भने, ‘अर्को एउटा ठेला थप्दै छौं। त्यसमा सुन्तलीले मस्म बेच्नेछिन्।’ ठेला पसलको व्यवस्थापन अर्जुन भुसालले गर्नेछन्। कतारबाट फर्केका चितवनका विनोद रानाभाटले ठेला पसलमा फलफूल र पानी बिक्री गर्छन ।


‘रंगशाला(ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ। कसैलाई भोक लागेको हुन्छ। कोही तिर्खाएका हुन्छन,’ उनले भने, ‘ठेलाका सामान बिक्री गरेर संकलित पैसा रंगशाला निर्माणमै खर्च हुन्छ।’ ‘रंगशाला(ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ ।
ठेलाबाट धेरै पैसा संकलन हुने अपेक्षा भने धुर्मुसलाई छैन। यो एउटा सन्देश फैलाउन महत्वपूर्ण हुने उनले बताए। ‘मूलभुत कुरा सन्देश फैलियोस् भन्ने हो,’ उनले भने, ‘दाजुभाइ(दिदीबहिनीहरूकै सहयोगमा हामी रंगशाला बनाउँदैछौं। उहाँहरूले रंगशालालाई अपनत्व लिनुहुनेछ।’

रंगशालानजिकै भ्यू टावरछेउ ठेला पसल राखिएको उनले जानकारी दिए। रंगशाला निर्माणको काम धमाधम अघि बढेको उनले बताए ।रंगशाला निर्माणमा ‘दुई सय १३ जना कामदारले काम गरिराखेका छन,’ उनले भने।

गत वर्ष माघमा धुर्मुस(सुन्तली फाउन्डेसनले रंगशाला निर्माण घोषणा गरेको थियो। भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विघा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको हो।

यो रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने बताइएको छ। यहाँ २५ हजारभन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ।

रंगशाला बनाउन भरतपुर महानगरले २९ वडाबाट पाँच लाखका दरले बजेट विनियोजन गरेर एक करोड ४५ लाख र महानगरबाट पाँच करोड गरी छ करोड ४५ लाख बजेट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button