नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गए संगै ज्यान गुमाउँनेको संख्या ४८ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।


बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारको क्रममा ज्यान गएको हो । उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button