थप १ सय ८९ जनामा कोरोना पुष्टि, कुल संख्या १ हजार ४ सय १ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार पछिल्लो समय नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कारोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको हो ।

संक्रमित हुनेमा पुरुष १ हजार २ सय ८८ र महिला १ सय १३ छन् ।

आज संक्रमण पुष्टि हुनेमा कपिलबस्तुमा १ सय १४, धनुषामा ७, झापामा १, ललितपुरमा १, महोत्तरीमा ४, रौतहटमा ६, सर्लाहीमा १७, सिराहामा ११, सप्तरीमा ९, दाङमा ५, दैलेखमा १४, पर्सामा २, बारामा १ र संखुवासभामा २ जनालाई संक्रमण भएको छ । यो संगै संक्रमित जिल्ला ५३ पुगेको छ ।

त्यसैगरी, थप १३ जना डिस्चार्ज भएका छन । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या २ सय १९ पुगेको छ ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button